बुद्ध एअरको जहाज रनवेबाट चिप्लियाे

काठमाडौँ । बिहीबार राति अवतरणका क्रममा बुद्ध एअरको जहाज रनवेबाट करिब ५ मिटर चिप्लिएर किनारमा पुगेको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार जहाज  रनवेबाट चिप्लिएर घाँसे मैदानमा पुगेको हाे ।

जहाजमा सवार सबै यात्रुहरु सुरक्षित बाहिर निस्किएका थिए । काठमाडौंबाट साढे ९ बजे उडान भरेको जहाज भैरहवा विमानस्थलमा पूर्वबाट पश्चिमतर्फ अवतरण गर्ने क्रममा चिप्लिएको थियो ।

जहाजमा ५९ यात्रु सवार थिए । यात्रुहरु जहाजबाट सुरक्षित निस्किएर गन्तव्यमा गएका थिए ।

प्रतिक्रिया