सर्पले डस्दा एक बालकको मृत्यु

बुटवल । कपिलवस्तुमा विषालु सर्पले डस्दा एक बालकको मृत्यु भएको छ । कृष्णनगर नगरपालिका–१२ वेदमहुवामा बिहीबार राति सर्पले डस्दा राजकुमार कोरीका १० वर्षीय छोरा नरिहस कोरीको मृत्यु भएको हो ।

सर्पले डसेपछि बालकलाई उपचारका लागि सुरुमा शिवराज अस्पताल लगिएको इलाका प्रहरी कार्यालय कृष्णनगरले जनाएको छ । त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि गोरुसिङ्गेस्थित सर्पदंश उपचार केन्द्र लगिएको थियो ।

उपचार केन्द्रमा चिकित्सकले बालकलाई मृत घोषणा गरेका प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार