काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सुरू भएको छ ।
पार्टीको केन्द्रीय कार्यालय च्यासलमा अहिले बैठक जारी बैठकमा विकसित राजनीतिक घटनाक्रमबारे छलफल हुनेछ ।
उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार सरकारमा पठाउने मन्त्री छान्ने मापदण्ड, नेताहरूको काजिम्मेवारी हेरफेरको विषयमा पनि छलफल हुनेछ ।
एमालेले अघिल्लो पटक नयाँ अनुहारलाई अवसर दिने नीति लिएको नेताहरू बताउँछन् । केपी ओलीलाई प्रधानमन्त्री बनाएर कांग्रेस(एमालेको समीकरण सुरू गर्ने सहमतिमा दुई दलले हस्ताक्षर गरिसकेका छन् ।


प्रतिक्रिया