ChadkeNepal
  • गृहपृष्ठ
  • राजनीति
    • राजनीति
    • माओवादी
    • समाजवादी
    • सरकार
  • लोकसेवा
    • सामान्य ज्ञान
    • समसामयिक
  • विचार
  • विचार/ अन्तर्वार्ता
  • रोचक
  • उत्पादन/बजार
  • स्थानीय सरकार
  • गृहपृष्ठ
  • राजनीति
    • राजनीति
    • माओवादी
    • समाजवादी
    • सरकार
  • लोकसेवा
    • सामान्य ज्ञान
    • समसामयिक
  • विचार
  • विचार/ अन्तर्वार्ता
  • रोचक
  • उत्पादन/बजार
  • स्थानीय सरकार
  • होमपेज
  • मुख्य समाचार
  • राजनीति
  • प्याब्सन स्कुल
  • अन्तर्वार्ता
  • खेलकुद
  • प्रदेश
  • मनोरञ्जन
  • विश्व
  • स्वास्थ्य
  • विचार
  • साहित्य

डोटीमा वर्षे रोपाइँ सुरु

May 31, 2023
डोटीका विभिन्न स्थानमा वर्षे धान रोपाइँ सुरु भएको छ । सिँचाइ समस्या नभएका खोला तथा ढाप खेतमा धान रोपाइँ सुरु भएको हो ।
खोलीखेका फाँटमा अहिले वर्षे धान रोप्ने चटारो छ । विशेष गरी खोला खेतमामा हलगोरुले रोपाइँ गर्न किसान व्यस्त छन् ।
जिल्लामा करिब १० हजार हेक्टर क्षेत्रफलमा वर्षे धान लगाइने कृषि ज्ञानकेन्द्र डोटीको दाबी छ । जिल्लाको बोगटान फुड्सिल, बडीकेदार र जोरायल गाउँपालिकालगायतका ठाउँमा धमाधम रोपाइँ सुरु भएको छ । कृषि ज्ञानकेन्द्र डोटीका अनुसार जिल्लामा ३२ हजार दुई सय ७६ हेक्टर क्षेत्रफल जमिन खेतीयोग्यमध्ये करिब २५ हजार पाँच सय हेक्टर क्षेत्रफलमा खेती गर्दै आए पनि १० हजार छ सय ८० हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ ।
जिल्लाका अधिकांश पाखा खेतमा भने साउनसम्म पनि रोपाइँ हुने गर्दछ । पछिल्ला वर्षमा श्रमशक्ति र रोपाइँका लागि गोरुको अभाव हुँदै आएको छ । गोरुको अभाव भएसँगै अधिकांश कृषकले पछिल्ला वर्षहरुमा हाते ट्र्याक्टरको प्रयोगबाट पनि खेत रोप्दै आएको ज्ञान केन्द्र डोटीका प्रमुख नरेन्द्र पनेरुले बताउनुभयो ।
जिल्लाका किसानले राघा, सुक्का तिन, हल्दीनाथ, खुमल, पाल्लपाली, कुशुम, राधा ४, झिनुवा, मार्सी बाँकी स्थानीय जातका धान लगाउँदै आएका छन् ।
सिँचाइका लागि राम्रो व्यवस्था गर्नसके जिल्लामा धान खेती पनि विस्तार गर्न सकिने बडीकेदार गाउँपालिका कृषि शाखा प्रमुख सुरेन्द्र शाहले बताउनुभयो ।
स्थानीय सरकार, प्रदेश सरकार र सङ्घीय सरकारले किसानका लागि सिँचाइ योजना बनाई बाह्रै महिना सिँचाइको सुविधा विस्तार गर्नसकेमा डोटीका अन्य फाँटमा पनि समयमै वर्षे धान रोप्न सकिने भएकाले सरकारले सिँचाइ सुविधा वृद्धिमा ध्यान दिन जरुरी रहेको बडीकेदार–५ का किसान तेज भुमीले बताउनुभयो । साथै स्थानीय सरकारबाट उन्नत जातको धानको बीउसँगै मलखादको व्यवस्था भए किसानलाई राहत हुने पनि भूमीले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

कक्षा १२ को पूरक परीक्षाको नतिजा प्रकाशित

देउवा २६ गते स्वदेश फर्किँदै

अनसनरत नर्स ज्योति र सरकारबीच १९ बुँदे सहमति

गुणस्तरहीन भन्दै एक डेरीबाट ४ हजार दुध नष्ट

विद्यार्थीमाथि गैरकानुनी कार्य गरे ५० हजार र एक वर्षसम्म कैद

नदी क्षेत्रमा बाघको संख्या बढी

ताजा अपडेट

अब अमेरिकामा गएर बच्चा पाउन नपाइने

कक्षा १२ को पूरक परीक्षाको नतिजा प्रकाशित

घरजग्गा कारोबार इजाजतपत्रका लागि दर्खास्त दिन आह्वान

कांग्रेस आधिकारिकता विवादमा सर्वोच्चको पुनरावलोकन आदेश

घट्यो,कृषि विकास बैंकको नाफा

सदनमै गृहमन्त्रीले माफी माग्नुको कारण के हो ?

ChadkeNepal

चाबहिल, काठमाडौं, नेपाल

सम्पर्क

दूत मिडिया प्रालिद्वारा संचालित


सम्पादक :नारायण प्रसाद निरौला
सूचना विभाग दर्ता नं : ४४७५-२०८०/२०८१

समाचारका लागि: nchadke@gmail.com
बिज्ञापनका लागि: nchadke@gmail.com

Follow Us

ChadkeNepal

Copyright © 2022 chainjokhabar.com. All rights reserved.

Design & Developed By : Journey For Tech Pvt.Ltd.