अब अमेरिकामा गएर बच्चा पाउन नपाइने


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जन्मसिद्ध नागरिकता सीमित गर्न र ‘बर्थ टुरिजम’ रोक्न दुई नयाँ कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्।

नयाँ व्यवस्थाअनुसार निश्चित अवस्थामा अमेरिकामा जन्मिएका शिशुले स्वतः अमेरिकी नागरिकता नपाउने र बच्चालाई नागरिकता दिलाउने उद्देश्यले अमेरिका पुगेर सुत्केरी हुने अभ्यासमा रोक लगाइने भएको छ।

यसअघि अमेरिकी सर्वोच्च अदालतले ट्रम्पको जन्मसिद्ध नागरिकता सीमित गर्ने आदेश कार्यान्वयन गर्न रोक लगाएपछि उनले नयाँ उपाय अपनाएका हुन्। यद्यपि कानुनविदहरूले ‘बर्थ टुरिजम’ नियन्त्रणका केही प्रावधान कानुनी रूपमा टिक्न सक्ने भए पनि जन्मिएका शिशुलाई नागरिकता नदिने व्यवस्था संवैधानिक रूपमा चुनौतीपूर्ण हुने बताएका छन्।

प्रतिक्रिया