सदनमै गृहमन्त्रीले माफी माग्नुको कारण के हो ?

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले राष्ट्रिय सभा बैठकमा सांसदहरूसँग भएको आफ्नो अभिव्यक्तिप्रति माफी मागेका छन्।

विपद् व्यवस्थापनसम्बन्धी छलफलका क्रममा बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरको उल्टाखामकी निर्मला पन्त हत्याकाण्डको विषय उठेपछि उनले रुखो शैलीमा प्रतिक्रिया दिएका थिए ।

तर उनले आलोचना भएपछि रोष्ट्रमबाटै आफ्नो भाषा ठाडो हुन पुगेको स्वीकार गर्दै सांसदहरूसँग क्षमायाचना गरेका हुन्।

‘हजुरहरूबाट हामीले धेरै सिक्न बाँकी छ । सिक्दै जानेछौँ । मेरो तर्फबाट अलिकति ठाडो तरिकाबाट भयो जस्तो लाग्यो,’ सांसदहरूलाई सम्बोधन गर्दै उनले भने, ‘यसका लागि म क्षमाप्राथी पनि छु । हजुरहरूसँग माफी पनि माग्न चाहन्छु ।’

प्रतिक्रिया