काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।
सार्वजनिक दरअनुसार आज यूरो र पाउण्डको विनिमय दर बढेको छ भने अमेरिकी डलरको मूल्य स्थिर रहेको छ ।
आइतबार अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ २८ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ८८ पैसा रहेको छ । यूरो एकको खरिद दर १४४ रुपैयाँ ४५ पैसा रहेको छ भने बिक्री दर १४५ रुपैयाँ १० पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १७० रुपैयाँ ७३ पैसा रहेको छ भने बिक्री दर १७१ रुपैयाँ ५० पैसा रहेको छ ।
त्यस्तै, आज कतारी रियाल एकको विनिमय दर ३६ रुपैयाँ हुँदा कुवेती दिनार एकको मूल्य ४३७ रुपैयाँ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।


प्रतिक्रिया