काठमाडौँ । कारागार कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)मा कार्यरत कारागार प्रशासक (शाखा अधिकृत) विनोद कुमार दत्तविरुद्ध मुद्दा दायर भएको छ ।
सेवाग्राहीसँग काम गरेवापत पाउने सेवा सुविधा दिन सहजीकरण गरिदिने भनी घुस लिएका उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय टंगालबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो ।
अख्तियारका प्रवक्ता नरहरि घिमिरेका अनुसार दत्तलाई सेवाग्राहीबाट एक लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा उक्त रकम र श्रोत नखुलेको पचास हजार रुपैयाँसहित कारागार कार्यालयबाट आज नियन्त्रणमा लिइएको हो ।
पक्राउ परेका शाखा अधिकृत दत्तविरुद्ध थप अनुसन्धान भइरहेको छ ।






प्रतिक्रिया