काठमाडौं । हास्य कलाकार मनोज गजुरेलकी पूर्व पत्नी मिना ढकाल पक्राउ परेकी छन् । केही युवाह लिएर मनोज गजुरेलको घर बालकोटामा चाबी लगाउन पुगेकी ढकाललाई प्रहरीले पक्राउ गरेकाे हाे ।
मनोज घरमा नभएको समय गएर उनकी ८५ वर्षकी आमालाई धम्काई, लछारपछार पारि चाबी लगाएर हिँड्न लागेका बेला छिमेकीहरूले प्रहरीलाई खबर गरिदिएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।
२०७४ सालमै मनोजसँग सहमतिमै सम्बन्ध विच्छेद भएकाे थियो । तर, मिनाले सामाजिक सञ्जालमा मनोजको चरित्रहत्या गर्दै आएकी थिइन् ।
गजुरेल र ढकालका १ छोरी र १ छोरा छन् । छोरी क्यानडामा रहेकी छन् भने छोरा गजुरेलसँगै बस्दै आएका छन् ।


प्रतिक्रिया