भारतमा बाधेर हतियार प्रयोग गरी ४ जना नेपालीको वीभत्स हत्या

काठमाडौं । भारतको मेघालय राज्यअन्तर्गत सुत्ंगा, जयन्तिया हिल्समा सिलोङमा चारजना नेपालीको  बीभत्स हत्या भएको छ ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार उनीहरुलाई बाँधेर धारिलो हतियार प्रयोग गरेर हत्या गरेको उल्लेख गरेका छन् । घटना भएको स्थान मेघालयको राजधानी शिलोङबाट १३० किलोमिटर टाढा भएको बताइएको छ ।

मारिने ४ जना ईलाम, धरान र भोजपुरका नेपाली भएको प्रारम्भिक सूचना छ । ती मध्ये एक जना ईलामका रवि राई रहेकाे समाचारमा उल्लेख छ ।

४ जना नै स्थानीय कोइला खानीमा काम गर्दै आएका बताइएको छ । यो घटनाबारे दिल्लीस्थित नेपाली दूतावासलाई जानकारी पुगेको छ ।

प्रतिक्रिया