काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले शीर्ष नेता वा मन्त्रीको निर्वाचन क्षेत्रमा मात्रै बढी बजेट छुट्याइएको भन्ने सत्य नभएको बताएका छन् ।
शुक्रबार राष्ट्रिय सभामा बोल्दै उनले यस्तो बताएका हुन् ।
‘सरकारले कुनै दल वा नेता वा मन्त्रीको निर्वाचन क्षेत्र वा मन्त्री नजिकका व्यक्तिका लागि मात्रै बढी बजेट छुट्याएको भन्ने सत्य होइन,’ अर्थमन्त्री पुनले भने, ‘सरकारको प्राथमिकता सन्तुलित एवं समानुपातिक विकास गर्ने रहेको छ ।’
सरकारले गर्ने लगानी, प्रत्यक्ष वैदेशिक लगानीमा हुने थप वृद्धि र निजी क्षेत्रबाट परिचालन हुने लगानी समेतका कारण थप रोजगारीका अवसर सिर्जना भई विदेश पलायन हुने युवालाई स्वदेशमै रोजगारीका अवसर सिर्जना गरी युवालाई आकर्षण गर्ने नीति बजेटले लिएको अर्थमन्त्री पुनले बताए ।


प्रतिक्रिया