गृहमन्त्री लामिछानेको मुद्दामा न्यायाधीशको मत बाझियो

काठमाडाैँ । मङ्गलवार यता लगातार तेस्रो दिन सुनुवाइ सकेपछि बिहीवार फैसला आउने अपेक्षा गरिएको थियो। उक्त इजलासका न्यायाशीधद्वय सपना मल्ल प्रधान र सारङ्गा सुवेदीबीच राय बाझिएका कारण फैसला आउन नसकेको घिमिरेले बताए।

सहकारी ठगीबारे लामिछानेविरुद्ध कतै पनि उजुरी नपरेको भन्दै महान्यायाधिवक्ताको कार्यालयले गत वैशाख २४ गते दिएको पत्रविरुद्ध परेको रिट निवेदनमा महान्यायाधिवक्ता दिनमणि पोखरेल र रवि लामिछानेलाई विपक्षी बनाइएको थियो।

अधिवक्ता अनुपम भट्टराई सहितले दायर गरेको रिटमा यसअघि अदालतले जिल्ला अदालत रूपन्देहीबाट सहकारी ठगीबारे जीबी राईसहित विभिन्न व्यक्तिविरुद्ध दायर मुद्दाको ‘मिसिल कागज झिकाउन’ आदेश दिएको थियो।

उनीहरूले रिट निवेदनमा “उपप्रधान तथा गृहमन्त्रीले धारण गरेको जिम्मेवारीले अनुसन्धान प्रक्रिया प्रभावित हुन सक्ने हुँदा अनुसन्धान प्रक्रिया चलिरहेको अवस्थामा गृहमन्त्रीको पदबाट निजलाई निलम्बन गर्नू भनी नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को नाममा अन्तरिम प्रकृतिको उपयुक्त आदेश जारी गरी पाऊँ” भन्ने माग गरेका थिए।

प्रतिक्रिया