राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संघीय सरकार निर्माण लगत्तै स्थानीय चुनावको तयारीमा जुटेको छ । पहिलो पटक स्थानीय चुनावमा सहभागी हुन लागेको रास्वपाले अरू दलभन्दा एक कदम अगाडि बढेर तयारी थालेको हो ।
२०७९ वैशाखमा स्थानीय तहको चुनाव हुँदा रास्वपा दल नै गठन भएको थिएन । रास्वपाले स्थानीय तहको उपचुनावमा भने भाग लिएको थियो ।
प्रतिनिधिसभा निर्वाचनमा पहिलो दल बनेको रास्वपाले अर्को वर्ष हुने स्थानीय चुनावका लागि केन्द्रीय तहबाटै तयारी तीव्र पारेको छ ।
रास्वपाले ३५ हजार २२१ उम्मेदवारका लागि छनोटको विधि बनाउन सहमहामन्त्री विपिनकुमार आचार्यको संयोजकत्वमा केन्द्रीय तहको समिति गठन गरेको छ ।



प्रतिक्रिया