आज प्रतिनिसभा बैठक बस्दै

काठमाडौं । आज दिउँसो २ बजे प्रतिनिधिसभाको बैठक बस्दै छ । संघीय संसद्को बजेट अधिवेशन आजैदेखि सुरु हुन लागेको हो । बैठकका निम्ति विभिन्न सम्भावित कार्यसूची तय गरिएको छ ।

बैठकमा प्रधानमन्त्री बालेनले ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३’ पेस गर्ने सम्भावित कार्यसूची छ । उनले नै ‘सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ र ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) (पहिलो संशोधन) अध्यादेश, २०८३’ पेस गर्ने सम्भावित कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ ।

यस्तै, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३’ पेस गर्नेछन् ।

प्रतिक्रिया