मिलन पाण्डेलाई केन्द्रीय शिक्षा विभागको प्रमुखमा मनोनयन

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को आइतबार बसेको केन्द्रीय सचिवालय बैठकले मिलन पाण्डेलाई केन्द्रीय शिक्षा विभागको प्रमुखमा मनोनयन गरेको छ ।

स्टार्ट–अप विभागको प्रमुखमा डाक्टर प्रभात अधिकारी आरएटी(र्‍यापिड एक्सन टिम) को केन्द्रीय विभाग प्रमुखमा बैकुण्ठ थापा (आशिष) मकवानपुर र उप–प्रमुखमा पूर्व डीआईजी (एपीएफ) विदुर खड्कालाई मनोनयन गरेको छ ।
यस्तै सचिवालय बैठकले कर्णाली प्रदेशको सह–महामन्त्रीमा राज बहादुर साह र अविसरा सुवेदीलाई मनोनयन गरेको छ।

प्रतिक्रिया