काठमाडौं । विशिष्ट साहित्यकार डा. राजेन्द्र विमलको ८१ वर्षको उमेरमा निधन भएको छ । मंगलबार राति १२.३० बजे जनकपुरमा उनको निधन भएको हो । उनी मुटु रोगबाट पीडित रहेको डा. राजेन्द्र विमल प्रतिष्ठानका अध्यक्ष साहित्यकार अवधेश पोखरेलले जानकारी दिए ।
डा. विमलका एक छोरी दुई छोरा छन् ।
प्राध्यापन तथा साहित्यमा लामो समयदेखि क्रियाशील सर्जक डा. विमल एक उत्प्रेरक व्यक्ति थिए । नेपाली साहित्यमा समर्पित अनुज पुस्ताका सर्जकहरूलाई डा. विमलले सधैँ उत्प्रेरित गर्दै आए ।
भानु प्रतिष्ठान, काठमाडौंले एक विज्ञप्ति जारी गर्दै नेपाली तथा मैथिली साहित्यका विशिष्ट साधक, प्रखर चिन्तक एवं बहुभाषिक स्रष्टा डा. विमलको दुःखद अवसानको खबरले प्रतिष्ठान परिवार स्तब्ध र मर्माहत भएको उल्लेख गरेको छ ।




प्रतिक्रिया