सरकारले पठायो भारत र चीनलाई कूटनीतिक नोट

नेपालको अनुमति बेगर नेपाली भूमि लिपुलेक प्रयोग गर्न लागेको विरोधमा नेपाल सरकारले दुवै छिमेकी (भारत र चीन) लाई कूटनीतिक नोट पठाएको जनाएको छ । सन् २०१५ मा पनि नेपालले यही विषयमा भारत र चीनलाई कूटनीतिक नोट पठाएको थियो ।

तत्कालीन प्रधानमन्त्री सुशील कोइरालापछि प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले लिखित रूपमै दुवै छिमेकीलाई आफ्नो अडान राखेको हो । यो अडानसँगै नेपाल सीमा विवाद संवादबाटै समाधान चाहन्छ भन्ने सन्देश पनि हो ।

भारतको विदेश मन्त्रालयले यसैसाता मानसरोवर यात्रा खुला गरेको घोषणा गरेको थियो । अप्रिल ३० मा जारी विज्ञप्ति अनुसार, यसवर्ष यात्राका लागि कूल २० समूह हुने र तीमध्ये १० समूह उत्तराखण्ड हुँदै लिपुलेक पासबाट र अन्य १० समूह सिक्किम हुँदै नाथु ला पासबाट यात्रा गर्ने उल्लेख छ ।

प्रतिक्रिया