काठमाडौं । नेकपा एमालेको तर्फबाट मन्त्री भएकाहरूले सम्हालेका सबै मन्त्रालय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जिम्मा लिएका छन् ।
एमालेका तर्फबाट सरकारमा गएका ८ मन्त्रीले बुधबार राजीनामा दिएका थिए । बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलले यी सबै मन्त्रालयको जिम्मा प्रधानमन्त्री प्रचण्डले सम्हाल्ने गरी जिम्मेवारी तोकेका हुन् ।
बुधबार भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठ, कानुन मन्त्री पदम गिरी, कृषि मन्त्री ज्वालाकुमारी साह, भूमि व्यवस्था मन्त्री बलराम अधिकारीले राजीनामा दिएका थिए ।


प्रतिक्रिया