काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री मुकुल ढकालले वैवाहिक जीवनबारे निर्णय गरिदिन पार्टीसँग माग गरेका छन् । आफ्नो प्रेम सम्बन्धलाई लिएर पार्टीकै नेताहरुले टिप्पणी गरेपछि उनले यस्तो माग गरेका हुन् ।
बुधबार बसेको केन्द्रीय समिति बैठकमा महामन्त्री ढकालले लिखित रुपमै धारणा राख्न खोजेका थिए । तर उनले बोल्न पाएका छैनन् ।
उनले तयार पारेको लिखित धारणामा प्रेम सम्बन्धलाई लिएर प्रश्न उठेको भन्दै व्यक्तिगत जीवनबारे केन्द्रीय समितिले निर्णय गर्दा पनि फरक नपर्ने बताएका हुन् ।
‘मैले बिहे गर्ने कि नगर्ने ? कुमार नै बस्ने कि केन्द्रीय समितिले निर्णय गरिदेओस्’ मुकुलले लेखेका छन्, ‘केन्द्रीय समितिले नै केटी खोजेर योसँग (बिहे) गर भन्छ भने पनि तयार छु वा आफ्नो इच्छामा गर भन्छ भने पनि ठीक छ ।’
‘प्रिय सभापति रवि सर’ सम्बोधन गर्दै लिखित धारणामा मुकुलले २०८९ को चुनावभन्दा अगाडि सांसद, मन्त्री वा कुनै सरकारी लाभको पदमा नबस्ने उल्लेख गरेका छन् ।


प्रतिक्रिया