सत्ता गठबन्धन गर्ने सहमति ओली र देउवा आलोपालो प्रधानमन्त्री हुने

काठमाडाैँ । संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र दोस्रो ठूलो दल नेकपा एमालेबीच सत्ता गठबन्धन गर्ने सहमति भएको छ ।

ओली र देउवा आलोपालो प्रधानमन्त्री हुने गरी सहमति भएको हो । पहिलो चरणमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र दोस्रो चरणमा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने भएका छन् ।

ओली नेतृत्वको सरकारमा एमालेले अर्थ मन्त्रालयसहित ९ वटा मन्त्रालय र कांग्रेसले गृह मन्त्रालयसहित १० मन्त्रालय लिने सहमति भएको हो ।

यस्तै, एमालेले कोशी, लुम्बिनी र कर्णाली प्रदेशमा नेतृत्व गर्ने छ । कांग्रेसले बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व गर्नेछ ।

मधेस प्रदेश सरकारको नेतृत्व मधेसवादी दललाई दिने सहमति बनेको हो । यस्तै दुई दलले लिएर बाँकी मन्त्रालय पनि मधेसवादी दललाई दिने संकेत देखिएको छ ।

प्रतिक्रिया