डेनमार्कलाई हराउँदै युरोकपमा अन्तिम ८ मा आयोजक जर्मनी

काठमाडौँ । उत्कृष्ट पुनरागमनपछि चर्चामा रहेको जर्मनी जारी २०२४ युरो को क्वार्टरफाइनलमा प्रवेश गरेको छ । शनिबार राति भएको अन्तिम १६ मा डेनमार्कलाई २-० ले पराजित गर्दै जर्मनीले क्वार्टरफाइनलमा स्थान बनाएको हो ।

युरो कपको पूर्वविजेतासमेत रहेको जर्मनीलाई अन्तिम ८ सम्म पुर्‍याउन केइ हार्भाटेज र जमाल मुसेएलाले १/१ गोलको योगदान गरे । जर्मनीले पहिलो गोल पेनाल्टीमार्फत गरेको थियो । जर्मनीका डेभिड रौमले प्रहार गरेको बल डेनमार्कका जाओचिम एन्डरसनको हातमा लागेपछि पेनाल्टी मौका पाएको थियो । सोही मौकाको सदुपयोग गर्दै हार्भाटेजले गोल गरे । जमाल मुसेएलाले दोस्रो गोल गर्दै अग्रता दोब्बर बनाएका थिए ।

अपराजित रहेका दुवै टिमलाई पहिलो हाफ प्रतिस्पर्धापूर्ण बनेको थियो । दुवै टिमलाई अग्रता गोल लिनै हम्मे पर्दा पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको हो ।

दोस्रो हाफपछि सम्हालेर मैदानमा उत्रिएको जर्मनले जित आफ्नो पोल्टामा पार्न पनि सफल रह्यो । आयोजक जर्मनीले क्वाटरफाइनलमा स्पेन वाजर्जियासँग खेल्ने छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार