काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले यसअधि नै १५ असारमा तय भएको पोर्चुगल भ्रमण रद्द गरेकी छन् ।
वर्तमान समयमा नगर सभामा नीति तथा कार्यक्रमको विषयमा विवाद छ । विवादको बीचमा पोर्चुगल उड्दा उपप्रमुखका कारण बैठक बस्न नसकेको भ्रम फैलिने भन्दै उनले भ्रमण रोकेकी हुन् ।
महानगर प्रमुखलेपाटिलाई लक्षित गरेर आक्रामक रूपमा प्रस्तुत भइरहेको वर्तमान परिपेक्षयममा फेरि उपप्रमुख पनि विदेश जाँदा दलबाट निर्वाचित हुनेहरूले असहयोग गरिरहेको भन्ने भ्रम बाहिर आउन सक्ने भन्दै उनले भ्रमण रोकेकी उनी निकट स्रोतले वताएको छ ।





प्रतिक्रिया