छानबिन समितिले गृहमन्त्रीसँग सोधपुछ गर्ने

काठमाडौं । सहकारीको रकम दुरुपयोगबारे छानबिन गर्न बनेको संसदीय विशेष समितिले गृहमन्त्री रवि लामिछानेसँग सोधपुछ गर्न सक्ने गरी कार्यविधि बनाएको छ ।

समितिले शुक्रबार कार्यविधिलाई अन्तिम रूप दिएको छ, जसमा गोरखा मिडिया नेटवर्क प्रालिको कार्यालयमा स्थलगत अनुगमन गर्नेसमेत उल्लेख छ ।

जीबी राई समूहले सञ्चालन गरेको सूर्यदर्शन, सुप्रिम लगायतका सहकारीको करोडौं रकम गोर्खा मिडिया नेटवर्कमा अपचलन भएको र त्यसमा उपप्रधान तथा गृहमन्त्री लामिछानेको पनि संलग्नता रहेको भन्दै नेपाली कांग्रेसले संसद् अवरुद्ध गरेपछि संसदीय छानबिन विशेष समिति बनेको थियो ।

प्रतिक्रिया