काठमाडौं । सरकारले भारत, अमेरिका र बेलायतसहित ८ देशका लागि नेपाली राजदूत सिफारिस गरेको छ ।
मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले भारतका लागि नेपाली राजदूतमा लोकदर्शन रेग्मी, अमेरिकाका लागि चन्द्र घिमिरे र बेलायतका लागि डा. विजन पन्त सिफारिस गर्ने निर्णय गरेको हो ।
पूर्वमुख्यसचिव रेग्मीलाई केपी शर्मा ओली नेतृत्वको सरकारले बेलायतका लागि राजदूत बनाएको थियो ।
शंकरदास बैरागीलाई मुख्य सचिव बनाउन बाटो खोल्दै राजीनामा दिएपछि ओली सरकारले राजदूत बनाएको थियो ।


प्रतिक्रिया