भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहणमा प्रचण्ड भारत जाने तयारीमा

 

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भाजपा नेता नरेन्द्र मोदीको प्रधानमन्त्री पदको शपथग्रहण समारोहमा सहभागी हुन नयाँदिल्ली जाने भएका छन् ।

प्रधानमन्त्रीको शपथग्रहणमा भारतले निम्ता गर्ने गर्छ । सोहीअनुरुप आएको निम्ता मान्नका लागि उनी सो तर्फ जान लागेका हुन् ।

लोक सभा निर्वाचनमा भाजपा गठबन्धनले बहुमत हासिल गरेपछि प्रधानमन्त्री प्रचण्डले फोन गरेर मोदीलाई बधाई दिएका थिए ।

त्यही टेलिफोन कुराकानीको क्रममा मोदीले प्रचण्डलाई शपथ समारोहमा आउन निम्तो दिएका थिए । कुराकानी लगत्तै मोदीले सामाजिक सन्जाल एक्समार्फत् प्रधानमन्त्री प्रचण्डप्रति धन्यवाद ज्ञापन गरेका थिए ।

प्रतिक्रिया