काठमाडौं । पूर्वसभामुख अग्निप्रसाद सापकोटामाथि सर्वोच्चमा विचाराधीन मुद्दाको फैसाला असार १२ मा हुने भएको छ ।
आफ्नो पतिको हत्यामा संलग्न सापकोटाविरुद्धको मुद्दा अघि बढाउनुपर्ने माग राखी काभ्रेकी पूर्णिमाया लामाले सर्वोच्च अदालतमा रिट निवेदन दायर मुद्दाको फैसला असार १२ मा आउने भएको हो ।
सर्वोच्च अदालतको संवैधानिक इजलासले सापकोटाविरुद्धको रिट निवेदनमाथि अन्तिम सुनुवाइ गर्दै तीन सातापछि निर्णय सुनाउने मिति तोकेको हो ।
आफ्नो पतिको हत्यामा संलग्न सापकोटा विरुद्धको मुद्दा अघि बढाउनुपर्ने माग राखी काभ्रेकी पूर्णिमाया लामाले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेकी थिइन् ।


प्रतिक्रिया