फिल्म निर्देशक सुदर्शन थापा पक्राउ

काठमाडौं । फिल्म निर्देशक सुदर्शन थापा पक्राउ परेका छन् । सोमबार दिउँसो उनी मालीगाउँबाट पक्राउ परेका हुन् ।

प्रहरी वृत्त बौद्धका अनुसार फिल्म ‘ प्रसाद २’ विवादको मुद्दामा उनलाई पक्राउ गरिएको हो । उनलाई बालुवाटारको रोयल अम्पायर होटल परिसरबाट पक्राउ गरेर बौद्ध लगिएको छ ।

आफूहरुको मञ्जुरीबिना फिल्मलाई देश तथा विदेशमा प्रदर्शन गरेर एक करोड ५० रुपैयाँ ठगी गरेको भन्दै निर्माता सुदर्शन बस्नेत र ज्याक श्रेष्ठले गत साउन १० गते जिल्ला प्रहरी परिसर, काठमाडौंमा ठगी तथा आपराधिक विश्वासघातको जाहेरी दिएका थिए । थापा प्रसाद २ का निर्देशक पनि हुन् ।

प्रतिक्रिया