काठमाडौं । सहकारी ठगीको आरोपमा संसद्मा आवाज उठाउँदै आएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज (आइतबार) सरकारविरुद्ध प्रदर्शन गरेको छ ।
सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन, सहकारीको वचत फिर्ता लगायतका विभिन्न माग राखेर कांग्रेसले काठमाडौंको प्रदर्शनीमार्गस्थित सडकमा प्रदर्शन गरेको हो ।
प्रदर्शनी मार्गमा भेला हुनुअघि कांग्रेसका नेता कार्यकर्ताले प्रदर्शनीमार्ग नजिकका विभिन्न ठाउँबाट र्याली निकालेका थिए । प्रदर्शनमा कांग्रेस महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा, रमेश लेखकलगायतका नेताहरु सहभागी भएका छन् ।
त्यस्तै गृहमन्त्री रवि लामिछानेले संसदमा बोल्दा कांग्रेस नेताहरुमाथि विभिन्न आरोप लगाएको भन्दै ती विषयमा छानबिन गर्न पनि कांग्रेसले माग गरेको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री विश्वप्रकाश शर्माले दुईवटा नागरिकता र पासपोर्टधारी गृहमन्त्री बन्न नसक्ने भन्दै आक्रोश पोखे ।


प्रतिक्रिया