काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसद्मा सत्ता पक्षमा बहुमतको दम्भ भएको बताएको छ ।
सोमबार विपक्षी दलहरूले वेल घेराउ गरेको अवस्थामा संसद्को बैठक अगाडि बढाएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिएपछि बसेको कांग्रेस संसदीय दलको बैठकले यस्तो निष्कर्ष निकालेको हो ।
साथै कांग्रेसले सभामुखले पदीय मर्यादा कायम राख्दै भूमि निर्वाह गर्न आग्रह पनि गरेको छ ।
सचेतक रमेश लेखकले सत्ता पक्षमा निरंकुशता पनि देखिएको बताएका छन् ।
‘सभामुखले विपक्षी दललाई बोल्न नदिनुको पछाडि सत्ता पक्षको बहुमतको दम्भ छ । निरंकुशताको मनोवृत्ति छ’ उनले अगाडि भने ।



प्रतिक्रिया