नेपाली कांग्रेसले प्रमुख प्रतिपक्षी दलहरुसँग छलफल गर्दै

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिपक्षीमा रहेका दलहरुसँग छलफल गर्ने भएका छन् ।

संसद बैठक अगाडि सभापति शेरवहादुर देउवाले प्रतिपक्षी दलहरुलाई छलफलका लागि बोलाएका हुन् ।

संसद भवन नयाँ वानेश्वरमा जारी बैठकले विपक्षी दलहरूको साझा धारणा तय गर्ने बताइएको छ ।

यसअघिका संसद बैठक अवरोध गर्दै आएको कांग्रेसले संसदीय समिति बनाउन सत्ता पक्ष सहमत भएसँगै आगामी भूमिका तय गर्न प्रतिपक्षी दलहरु संवादमा जुटेका हुन् ।
गृहमन्त्री रवि लामिछानेको नाम उल्लेख नगरी सहकारी ठगीबारे छानबिन गर्न संसदीय समिति गठन गर्न सत्तापक्षका दल सहमत भएका छन् ।

प्रतिक्रिया