काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले अपराधी ठहर भएका कैदीबन्दीले कैद माफी मिनाहा पाउनु अधिकार भएको बताएका छन् ।
बिहीबार बाँकेको बैजनाथ गाउँपालिका कारागार उद्घाटनका क्रममा उनले यस्तो बताएका हुन् ।
गृहमन्त्री लामिछानेले भने, ‘कैदीबन्दीको कैद मिनाहा माफीमा राजनीतिक दबाब र आर्थिक चलखेलको गुनासो आइरहेको छ ।’
अपराधीले अपराध गरेकोभन्दा थप सजाय दिइएमा त्यो अर्को अपराध हुने उल्लेख गर्दै उनले कारागारलाई सुधारगृहका रूपमा रूपान्तरण गर्न मन्त्रालय लागिपरेको बताए ।


प्रतिक्रिया