उत्पादन र रोजगारीमा केन्द्रित भई बजेट निर्माण भइरहेको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उत्पादन र रोजगारीमा केन्द्रित रहेर बजेट निर्माण भइरहेको बताएका छन् ।

बुधबार १३५औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन् ।

‘सरकारले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटमा उत्पादकत्व वृद्धि र रोजगारी सिर्जनालाई उच्च प्राथमिकतामा राखेको छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘सत्ता साझेदार दलहरूको तर्फबाट प्रस्तुत साझा न्यूनतम कार्यक्रमअनुसार भरोसा र भविष्यप्रतिको आशा जगाउने बजेट आउँछ ।’

प्रतिक्रिया

सम्बन्धित समाचार