अब नेपाली नागरिकका लागि चीनले भिषा शुल्क नलिने

काठमाडौं । चीनले नेपाली नागरिकलाई भिसा शुल्क नलिने निर्णय गरेको छ ।

काठमाण्डौंस्थित चिनियाँ राजदूतावासका अनुसार चीनले नेपालीहरुका लागि १ मे २०२४ मा बाट चिनियाँ भिसाका लागि शुल्क नलिने निर्णय गरेको हो ।

चिनियाँ राजदूतावासको वेबसाइटअनुसार मित्रता प्रवर्द्धन गर्न र जनस्तरको आदानप्रदानलाई थप सहजीकरण गर्न भिसा शुल्क नलिने निर्णय भएको हो।

तर द्रुत भिसा लिँदा भने आवश्यक सेवासम्बन्धी शुल्क लाग्ने दूतावासको भनाइ छ।

नेपालबाट चीनका लागि ुएक्सप्रेस २ भिसा लिँदा २७ सय रुपैयाँ र एक्सप्रेस १ भिसा लिँदा चार हजार रुपैयाँ लाग्ने पछिल्लो सूचनामा जनाइएको छ।

यसले कदमले व्यापार, शिक्षा र पर्यटनजस्ता क्षेत्रमा नेपालीहरूलाई फाइदा पुर्‍याउन सक्ने अपेक्षा गरिएको छ। अधिकारीहरुका अनुसार यसले दुई देशबीचको नागरिकस्तरको सम्बन्ध सहजीकरण गर्नेछ ।

परराष्ट्र मन्त्रालयका अनुसार थप चिनियाँ पर्यटक आकर्षित गर्न सन् २०१६ को ज्यानुअरी १ बाट नेपालमा चिनियाँ पर्यटकहरूलाई भिसा शुल्क मिनाहा भएको छ।
उक्त व्यवस्था अनुसार नेपालमा १५० दिनसम्म बस्दा चिनियाँ नागरिकहरूले भिसा शुल्क बुझाउनुपर्दैन।

त्यसको आठ वर्षभन्दा बढी अवधिपछि आएर चीनले पनि नेपाली नागरिकको हकमा नेपालले जस्तै व्यवस्था कार्यान्वयनमा ल्याएको हो।

प्रतिक्रिया

सम्बन्धित समाचार