सत्ताको खेलमा नलाग्ने राप्रपाको निर्णय

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बागमती प्रदेशको सत्ता समीकरणमा सहभागी नहुने निर्णय गरेको छ। राप्रपा बागमती प्रदेश संसदीय दलको बैठकले प्रदेश सरकार गठनका लागि भइरहेको सत्ता समीकरणको गणितीय खेलमा सामेल नहुने निर्णय गरेको हो।

राप्रपा बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापाको अध्यक्षतामा बिहीबार राति अबेर बसेको बैठकले वर्तमान राजनीतिक परिस्थितिमा सरकार गठनको दौडमा नरहने र कुनै पनि सत्ता समीकरणको गणितीय चलखेलमा सहभागी नहुने निर्णय गरेको छ।

बैठकले राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति बैठकबाट भएको निर्णय तथा निर्देशनअनुसार बागमती प्रदेश सरकारमा सहभागी नहुने निर्णय सर्वसम्मत रूपमा पारित गरेको थापाले जानकारी दिए।

‘वर्तमान राजनीतिक परिस्थितिमा प्रदेश सरकार गठनको सत्ता समीकरणमा राप्रपा सहभागी हुँदैन। पार्टीको केन्द्रीय निर्णय र निर्देशनअनुसार सरकारमा सहभागी नहुने निर्णय गरिएको हो,’ थापाले बताए।

प्रतिक्रिया

सम्बन्धित समाचार