नयाँ वर्षमा बजाजले ल्यायो यस्तो उपहार योजना

काठमाडौं । बजाज मोटरसाइकलको नेपालका लागि अधिकृत वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले नयाँ वर्ष २०८१ को अवसरमा ‘नवआरम्भ’ योजना सार्वजनिक गरेको छ ।

बजाजले यस नयाँ वर्षमा ग्राहकलाई विभिन्न आकर्षक छुट, उपहार र सुविधा प्रदान गर्ने भएको छ ।

बजाजको ‘नवआरम्भ’ योजनाअन्तर्गत ग्राहकले बजाजका कुनै पनि बाइक किन्दा आकर्षक छुट पाउनेछन् भने भाग्यशाली विजेताले एक लाख रुपियाँसम्मको नगद उपहार जित्न सक्नेछन् ।

त्यसका साथै ग्राहकले ३६ महिनाको इएमआई अफरमा पनि बजाज बाइक खरिद गर्न पाउनेछन् जसमा ग्राहकलाई किस्ताको रकम धेरै कम हुन आउनेछ । साथै ३० प्रतिशत डाउन पेमेन्टमा खरिद गर्ने विकल्प पनि ग्राहकसँग उपलब्ध हुनेछ ।

प्रतिक्रिया