काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका नेता तथा कार्यकर्तालाई आगामी निर्वाचनमा एक्लै बहुमत ल्याउन निर्देशन दिएका छन् ।
काठमाडौं–२ को क्षेत्रीय सम्मेलनको शनिबार उद्घाटनका क्रममा उनले यस्तो निर्देशन दिएका हुन् ।
यसअघि नेकपा माओवादीसँग गठबन्धन गरी सत्तासाझेदार गरेका बेला शेरबहादुर देउवा कांग्रेस एक्लै हिँड्न नसक्ने बताउँदै आएका थिए ।
सभापति देउवाले यसो भनिरहँदा कांग्रेसका युवा नेता गगनकुमार थापा पार्टीले एक्लै हिँड्नुपर्छ भन्दै थिए । सत्ता गठबन्धनलाई माओवादीले सुटुक्कै छाडेपछि देउवको चेत खुल्यो भन्ने कतिपयको भनाइ छ ।







प्रतिक्रिया