बैंकहरुले बढाएको ब्याजदरप्रति ओलीको आपत्ति

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बैंकहरुले बढाएको ब्याजदरप्रति आपत्ति जनाएका छन् ।

शुक्रबार पार्टीनिकट बैंकिङ क्षेत्र कर्मचारी संघको महाधिवेशनलाई सम्बोधनका क्रममा उनले यस्तो आपत्ति जनाएका हुन् ।

ओलीले भने, ‘बैंकबाट ऋण लिँदा घटाउन वा बढाउन सकिने भनिएको छ । घटाउने त कुरै छैन । एकतर्फीरूपमा बैंकहरूले ऋणीसँग भएको सम्झौतामा बदल्नुपर्छ भने दुवैतर्फको सहमति हुनुपर्छ । हामीलाई मर्का पर्‍यो अनि बढायौं भन्ने, अनि अर्कालाई परेको मर्का के त रु यसवर्ष बैंकको यति खर्ब मुनाफा क्या बात भन्दै आफैंलाई धाप लायो । अनि ऋणीहरू ?’

बैंकहरू नाफाखोर निर्मम साहूजी नभई सहयोगी हुनुपर्ने बताए । राष्ट्र बैंक र सर्वसाधारणले पैसा राख्दा पनि सस्तोमै पाएपछि लगानी गर्दा धेरै व्याज लिन नमिल्ने उनको भनाइ छ ।

प्रतिक्रिया