प्रधानमन्त्री स्वदेश फिर्ता

काठमाडौं । असंलग्न राष्ट्रहरूको आन्दोलनको १९ औँ शिखर सम्मेलनमा सहभागी भई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड स्वदेश फिर्ता भएका छन्।

अफ्रिकी राष्ट्र युगान्डामा आयोजित असंलग्न राष्ट्रहरूको सो सम्मेलनमा सहभागी भई आज स्वदेश फिर्ता भएका हुन् । सम्मेलनमा भाग लिन उनी बुधबार युगान्डाको राजधानी कम्पला पुगेका थिए।

सम्मेलनमा प्रधानमन्त्री दाहालले जलवायु परिवर्तनको असर न्यूनीकरणमा जोड दिनुपर्नेमा जोड दिएका थिए ।

नामको दुई दिने शिखर सम्मेलनमा प्रधानमन्त्री प्रचण्डसहित परराष्ट्रमन्त्री एनपी साउद, प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार रुपक सापकोटा, परराष्ट्र सचिव लम्साल, प्रधानमन्त्रीकी स्वकीय सचिव गंगा दाहाल युगान्डा पुगेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार