एकताका नाममा अब नेताका टाउका जोड्दैनौँ : महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले अब नेकपा ब्यूत्याएर भूल नगर्ने बताएका छन् ।

शुक्रबार पार्टी कार्यालय च्यासलमा भएको कार्यक्रमलाई सम्बाोन गर्दै उनले यस्तो बताएका हुन् ।

‘हामीले राजनीतिक ध्रुविकरणको यात्रा तय गर्नुपर्छ। एक समय हामीले एउटा प्रयोग गर्यौं नेतृत्वलाई जोडेर पार्टीलाई बलियो बनाउन नेकपा बनायौं । तर, सफल हुन सकेन। यद्यपी, हाम्रो प्रयास मुलुकमा बलियो कम्युनिष्ट आन्दोलनको निर्माण गर्ने र समाजवाद निर्माणको आधार तयार गर्ने उद्देश्य अन्तर्गत हामीले एकता गरेका थियौं,’ उनले भने, ‘तर, पुष्पकमल दाहाल प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल जस्ता व्यक्तिहरु राजनीतिक अवसरवाद सिकार हुँदा नेकपा निर्माणको हाम्रो सदासयता दुर्घटनामा पर्यो । अहिले पनि कतिपयले भन्ने गर्नुहुन्छ त्यो दुर्घटनाबाट आन्दोनलाई जोगाउने हो भने फेरि एकताको बाटो अबलम्बन गर्नुपर्छ भन्ने गर्नुहुन्छ ।’

प्रतिक्रिया

सम्बन्धित समाचार