काठमाडौंमा अहिले भएका काम पूर्वमेयर शाक्यका पालामा भएका कामको परिणाम हुन् : वडाध्यक्ष महर्जन

काठमाडौं । काठमाडौं महानगरपालिका २३ नम्बर वडाका वडाध्यक्ष मचाराजा महर्जनले हाल काठमाडौं महानगरमा कार्यान्वयनमा देखिएका सबै काम पूर्वमेयर विद्यासुन्दर शाक्यका पालमा भएका कामको परिणाम भएको बताएका छन् ।

नेपाल छड्केसँगको कुराकानीका क्रममा उनले यस्तो बताएका हुन् । ‘अहिले भइरहेको कामहरू ९० प्रतिशत काम हिजोको नीति तथा कार्यक्रममा भएका विषयहरू छन् ।

यो चालु योजना पुर्वमेयर शाक्यकै योजनामा चलेको छ । नयाँ योजनाहरू खासै चलेको छैन । सडकमा बार लगाउने काम, सडक पेटी बनाउने काम लगायत धेरै कामहरू अहिले पनि विद्यासुन्दर कै पालामा सुरु भएको काम हुन्,’ उनले भने, ‘ बालेनको पालमा बनेका बजेट र कार्यान्वयनको अवस्था हेरे पुग्छ ।’

विद्यासुन्दर यही जन्मेको हुर्केको र यही संस्कृतिमा बाँचेको मान्छे भएको बताउँदै उनले मेयर बालेन बाहिरबाट आएको उनको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार