काठमाडौँ। एनएलजी इन्स्याेरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (CEO) पदमा सुनिल बल्लभ पन्त पुनः नियुक्त भएका छन् ।
असोज १६ गते शुक्रबार बसेको कम्पनीको सञ्चालक समितिकाे बैठकले पन्तलाई आगामी चार वर्षका लागि CEO मा पुनर्नियुक्त गर्ने निर्णय गरेको हो।
पन्तकाे वर्तमान पदावधि असोज २३ गते सकिँदै छ। उनको नयाँ कार्यकाल २०८३ असोज २४ गतेदेखि २०८७ असोज २३ गतेसम्म रहने कम्पनीले जनाएकाे छ।






प्रतिक्रिया