काठमाडौं । रास्वपाका सांसद रमेश प्रसाईँको अभिव्यक्तिप्रति नेकपा सांसद पार्वती विकले आपत्ति जनाएकी छन्।
प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रसाईँले संयुक्त राष्ट्र सङ्घको महासभामा प्रधानमन्त्रीको सम्बोधन ‘कम्युनिस्ट भाष्य’ जस्तो नहोस् भन्ने अभिव्यक्तिप्रति उनले आपत्ति जनाएकी हुन् ।
उनले भनेका थिए, ‘मेरो प्रधानमन्त्रीको सम्बोधन खाली गर्दै नगरेको अपराधको हामीले दुःख पायौँ भनेर गाली र मित्रराष्ट्रहरूप्रति आक्रोश पोख्ने कम्युनिस्ट भाष्य जस्तो होइन।’
सांसद विकले ‘कम्युनिस्ट भाष्य’ भनेकोप्रति आपत्ति जनाइन्। उनले प्रसाईँको यो अभिव्यक्ति रेकर्डबाट हटाउन माग गरिन्।




प्रतिक्रिया