पूर्वराजा शाहले गरे सांस्कृतिक भ्रमण,हजारौँको उपस्थति

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह आफ्नो सांस्कृतिक भ्रमणका सिलसिलामा आज भक्तपुर पुगेका छन् । उनको स्वागतमा स्थानीय जनताको ठूलै भिड जम्मा भएको छ ।

भक्तपुर दरबार स्क्वायरमा पूर्वराजाको प्रतीक्षामा घन्टौं अगाडिदेखि स्थानीयवासी भेला भएका थिए ।

उनीहरूमध्ये धेरैले हातमा नेपालको झण्डा बोकेका छन् । धेरैले जातीय पहिरन लगाएका छन् । स्थानीयको भिडमा महिला र वृद्धवृद्धाको संख्या ठूलो छ । भिड छिचोल्न सुरक्षाकर्मी र स्वयम्सेवकलाई सकस परेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार