कांग्रेस प्रचण्डको सामु निरिह भएको ओलीको आरोप

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको ठूलो दल नेपाली कांग्रेस प्रचण्डकोसामु निरीह बनेको आरोप लगाएका छन् ।

सोमबार ओखलढुंगाको रामपुरमा शहीद गुरु लुईँटेलको शालिक अनावरणका क्रममा उनले यस्तो बताएका हुन् । यस्तै, उनले क्वीन्टलका क्वीन्टल सुन ओसार्दा पनि कांग्रेस अर्कोतिर मुन्टो बटारेर बसिरहेको बताए ।

अध्यक्ष ओलीले सोही भूमिमा मारिएका तत्कालीन नेपाली कांग्रेसको सशस्त्र क्रान्तिका योद्धाहरुको समेत स्मरण गर्दै कांग्रेस अहिले विचरा भएको बताए ।

ओलीले भने, ‘यो भूमिमा लिला,ठगी,गोकर्ण,खगेन्द्र र क्याप्टेन यज्ञवहादुर थापाहरुले रगत बगाए कांग्रेसको झण्डा बोकेर । तर पटकपटक सरकारमा गएर पनि उनीहरुलाई कांग्र्रेसले सहिदको दर्जा दिएन । म २०७२ मा प्रधानमन्त्री भएपछि मन्त्रिपरिषदबाट निर्णय गराएर सहिदको रुपमा सम्मान दिएँ । क्याप्टेन यज्ञवहादुर थापालाई मसँगै जेलमा बसेका बेला गोलघरबाट निकालेर २०३५ माघ २६ घते गोली हानेर मारिएको थियो । तर कांग्रेसले ती सहिदलाई सम्झिदैन,अहिले त विचरा शेरवहादुर देउवा प्रचण्डको कार्यकर्ता भएर पछिपछि हिँडिरहेका छन् । सरकारले क्वीन्टलका क्वीन्टल सुन दैनिक निकाल्छ,कांग्रेसलाई देख्नुभयो भनेर सोध्यो भने अहाँ भनेर मुन्टो बटार्छ । विचरा यस्तो निरीह छ कांग्रेस ।’

प्रतिक्रिया