संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपाल र चीनमा आएको भीषण बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्।
उनले एक विज्ञप्ति जारी गरी चीन हुँदै नेपाल आएको बाढीका कारण हुन पुगेको मानवीय, आर्थिक तथा भौतिक क्षतिप्रति दु:ख व्यक्त गरेका हुन् । साथै उनले घटनाप्रति चिन्ता पनि व्यक्त गरेका छन् ।
उनले ज्यान गुमाउनेका परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्। साथै, यस विपद्बाट प्रभावित सबैप्रति उनले ऐक्यबद्धता जनाएका छन्।
संयुक्त राष्ट्रसंघले नेपाल सरकारको नेतृत्वमा भइरहेको विपद् प्रतिकार्यमा सहयोग गरिरहेको विज्ञप्तिमा उल्लेख छ। विपद्ले पुर्याएको क्षतिको आकलन गर्न र अत्यावश्यक सहायता उपलब्ध गराउन राष्ट्रसंघ सक्रिय रहेको बताइएको छ।

प्रतिक्रिया