काठमाडौँ । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल छातीमा समस्या देखिएपछि महाराजगञ्जस्थित अस्पताल पुगेका छन् । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको मनमोहन कार्डियोभास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा साँझदेखि उनको स्वास्थ्य जाँच भइरहेको छ ।
स्रोतका अनुसार सोमबार साँझ ७:३० बजे सभामुख अर्याल अस्पताल पुगेर उपचार सुरु गरेका हुन् । मुटुको रक्त नलीमा कुनै किसिमको अवरोध (ब्लकेज) वा साँघुरोपन छ कि भनेर चिकित्सकहरूले उनको ‘सिटी कोरोनरी एन्जियोग्राफी गरेका छन् ।
अर्याल हाल अस्पतालको आकस्मिक कक्षमा चिकित्सकको प्रत्यक्ष निगरानीमा उपचाररत रहेको स्रोतले बतायो । एन्जियोग्राफी परीक्षणको विस्तृत रिपोर्ट आउन बाँकी रहेकाले रिपोर्ट प्राप्त भएपछि मात्र मुटुको स्थिति अनुसार थप उपचार प्रक्रिया अघि बढाइने अस्पताल स्रोतको भनाइ छ ।
सभामुख अर्यालकी प्रेस संयोजक मुना कुँवरले भने नियमित चेकजाँचका लागि गएको बताइन् । उनले भनिन्, ‘कुनै समस्या भएर होइन, हाेल बडी चेक अपका लागि जानुभएको हो । आजै फर्किनु हुन्छ ।’


प्रतिक्रिया