पूर्वमन्त्री रामेश्वर खनालले सार्वजनिक प्रशासनको ढिलासुस्ती र ‘भोलि आउनुस्’ भन्ने प्रवृत्तिका कारण आम नागरिकले ठूलो सास्ती खेप्नुपरेको बताएका छन्।
काठमाडौंमा नेपाल प्रशासन सङ्घद्वारा आयोजित कार्यक्रममा ‘हेमबहादुर मल्ल सम्मान’ ग्रहणका क्रममा उनले यस्तो खुलासा गरेका हुन् ।
प्रशासनिक कमजोरीतर्फ औंल्याउँदै उनले भने, ‘दुर्गमका बालबालिका शिक्षाबाट वञ्चित हुनु र युवाहरू परदेशिनुमा हाम्रो प्रशासनिक प्रणालीको पनि कमजोरी छ । जबसम्म गाउँका बालबालिका अवसरबाट वञ्चित हुन्छन् र युवाहरू जीविकोपार्जनका लागि विदेशिन बाध्य हुन्छन्, तबसम्म हामीले आफ्नो जिम्मेवारी पूरा भएको मान्न मिल्दैन ।’
व्यक्तिको भविष्य उसको जन्मस्थान वा सामाजिक परिवेशले नभई अवसरको समान पहुँचले निर्धारण गर्नुपर्नेमा खनालले जोड दिए। सार्वजनिक प्रशासनको मुख्य दायित्व नै संयोगलाई प्रणालीमा रूपान्तरण गर्नु रहेको उनले औंल्याए।

प्रतिक्रिया