बन्दुक बोकेको फोटो पोस्ट गरेपछि पक्राउ

काठमाडौं । गोरखामा फेसबुकमा भरुवा बन्दुक बोकेको फोटो पोस्ट गर्ने एक जना र लाइसेन्सबिनाको भरुवा बन्दुक राख्ने अर्का एक जना पक्राउ परेका छन् ।

सिरानचोक गाउँपालिका–६, नयाँसाँघुबाट प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भीमसेन थापा गाउँपालिका–२ सुनारगाउँका ४३ वर्षीय प्रेम सुनार र पालुङटार नगरपालिका–१ खोप्लाङका ३३ वर्षीय विष्णु सुनार रहेका छन् ।

प्रहरीका अनुसार प्रेम सुनारले आफ्नै फेसबुक आईडीमा भरुवा बन्दुक बोकेको फोटो पोस्ट गरेका थिए । त्यही फोटोका आधारमा प्रहरीले उनको खोजी थालेको थियो ।

खोजी गर्ने क्रममा प्रेमलाई लाइसेन्स नभएको एक थान भरुवा बन्दुकसहित नियन्त्रणमा लिइयो ।

त्यसपछि प्रहरीले प्रेमसँग सोधपुछ गर्दा उक्त बन्दुक पालुङटार नगरपालिका–१ खोप्लाङका विष्णु सुनारको भएको खुलेको जनाएको छ ।

बन्दुक आफ्नो भएको खुलेपछि प्रहरीले विष्णुलाई समेत नियन्त्रणमा लिएको छ ।

अर्थात्, फेसबुकमा बन्दुक बोकेको फोटो पोस्ट गर्नु नै अन्ततः पक्राउको आधार बन्यो, अनि अनुसन्धान गर्दै जाँदा बन्दुकको वास्तविक धनीसम्म प्रहरी पुगेको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार