हामी व्यक्तिभन्दा पनि मुलुक परिवर्तन गर्न चाहन्छौँ : लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देश र जनतालाई धोका दिने अधिकार कसैलाई नभएको बताएका छन्।

शनिबार गोरखा सदरमुकाममा आयोजित आमसभामालाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन् ।

एउटा युग पर्खेर जनताले आफ्नो पार्टीलाई भरोसा गरेको बताउँदै उनले आफूहरु मुलुकमा परिवर्तन गर्न हिँडेको बताए ।

देशलाई समृद्ध बनाउने रास्वपाको अभियान रहेको उल्लेख गर्दै सभापति लामिछानेले क्षमतावान व्यक्तिलाई राजनीतिमा लिएर जान चाहेको बताए।

प्रतिक्रिया

सम्बन्धित समाचार