आज ३१ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

काठमाडौं । लगातारको वर्षासँगै आज (साउन १९) देशका ३१ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार ताप्लेजुङ, इलाम, झापा, मोरङ, सुनसरी, संखुवासभा, काठमाडौं उपत्यकाका तीन जिल्लासहित कास्की, लमजुङ, म्याग्दी, बागलुङ, बाँके, सुर्खेत, जाजरकोट, रुकुम, दार्चुला, बैतडी, अछाम, डोटी लगायतका जिल्लाका साना नदी तथा खोलामा पानीको बहाव उल्लेख्य बढ्न सक्ने अनुमान गरिएको छ।

त्यसैगरी सप्तकोसी, तमोर, दूधकोसी, तामाकोसी, नारायणी, त्रिशूली, मर्स्याङ्दी, सेती, भेरी, महाकाली र कन्काईजस्ता प्रमुख नदीमा पनि बहाव बढ्ने सम्भावना रहेकाले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन महाशाखाले आग्रह गरेको छ।

प्रतिक्रिया